०३ जेष्ठ २०७७, काठमाडौं
सर्लाहीमा देखा परेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् ।
तर, संक्रमित युवती काठमाडौंकै बासिन्दा हुन् । लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
उनले काठमाडौंको जडिबुटी तथा कपनमा गरी दुई ठाउँमा उनका बुबाको फर्निचर उद्योग भएको बताएका छन् । उनीहरुको बसोबास जडिबुटीमा रहेको उनले बताएका छन् ।
युवतीको स्वाब पनि काठमाडौंमै संकलन गरिएको र पोजेटिभ पाइएपछि काठमाडौंमै आइसोलेसनमा लग्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।
संक्रमित युवतीका अन्य जानकारी लिने काम भइरहेको प्रजिअ जिसीले बताए ।
|सांकेतिक तस्वीर|





