कपिलवस्तुमा थप तीनजना कोरोना संक्रमित थपिए



०३ जेष्ठ २०७७, काठमाडौं

नेपालमा थप तीनजनामा कोभिड १९ (कोरोना भाइस) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै दिएको जानकारीअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ । यसअगाडि आजै ६ जनामा पनि पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्