
०२ वैशाख २०७७, काठमाडौं
काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना कर्मचारीमा कोभिड १९ (कोरोना भाइरस) आशंका गरिएको छ ।
शुक्रबार (आज) आरडीटी विधिबाट गरिएको परीक्षणमा ३१ जना कर्मचारीहरुमा ‘पोजेटिभ’ देखिएपछि कोरोनाको आशंका गरिएको पालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले बताए ।
बज्रचार्यका अनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण पोजिटिभ देखिएका हो ।
६६४ जनामा आरडीटी टेस्ट् र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआर विधिबाट जाँच गराउनेहरुको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरुलाई महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
|सांकेतिक तस्वीर|





