उदयपुरका युवा कोरोनामुक्त, स्वास्थ्य लाभ लिनेको संख्या ३६ पुग्यो : स्वास्थ्य मन्त्रालय



०२जेष्ठ २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमणपछि कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय युवा निको भएर घर फर्केका छन् ।

शुक्रबार (आज) स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि उनी २७ औँ दिनमा डिस्चार्ज भएका हुन् ।

उनीसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्