‘कोभिड १९’पछि स्पेन र फ्रान्समा देखियो अर्को एउटा खतरा



०२ जेष्ठ २०७७, काठमाडौं

इटली र उत्तरी इलाका कोभिड १९ (कोरोना भाइरस) महामारीको अत्यधिक प्रभावित इलाकामध्ये एक हो ।

अब उक्त क्षेत्रका साथै फ्रान्समा इन्फ्लामेटरी सिन्ड्रोममा एकाएक वृद्धि देखिएको छ । यो रोग विशेषतः साना बालबालिकामा पाइएको छ ।

लान्सेटको रिपोर्ट अनुसार यसअघि यस्तै एक मामला अमेरिकामा पनि पाइएको थियो । ब्रिटेन, स्पेनमा पनि यस्तै केस भेटिएको छ ।

उक्त स्थिती म्यूकोस्यूटियस लिम्फ नोड सिंड्रोम सँग मिल्दोजुल्दो छ । यसमा ज्वारो आउनु, शरीरभरी डाबर निस्कनु, ग्रन्थी सुन्निनु र यदि स्थिती धेरै गम्भीर भए मुटुसमेत सुन्निने गर्छ ।

प्रतिक्रिया दिनुहोस्