
०२ जेष्ठ २०७७, काठमाडौं
पर्सामा कोभिड १९ (कोरोना भाइरस) संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
बिहीबार (हिजो) नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएपछि यस्तो निर्णय गरिएको हो ।
|फाइल तस्वीर|





