बैतडीमा भारतबाट आएका एक जनामा ‘आरडीटी रिपोर्ट पोजिटिभ’ देखियो



०२ जेष्ठ २०७७, काठमाडौं

बैतडीमा भारतबाट आएका एक जनामा आरडीटी पोजिटिभ देखिएको छ ।

डिलाशैनी गाउँपालिका १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० वर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए ।

गत १८ वैशाखमा भारतको धार्चुला नाकाबाट स्वदेश भित्रिएका डिलाशैनी गाउँपालिका १ का ती पुरुषको आरडीटी गर्दा रिपोट पोजेटिभ देखिएको हो ।

आरडीटीमा पोजेटिभ देखिएका पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्