बाँकेका आठैजना संक्रमित भारतबाट लुकिछिपी आएका थिए



०२ जेष्ठ २०७७, काठमाडौं

बाँकेको नरैनापुर गाउँपालिकाका आठैजना कोभिड १९ (कोरोना भाइरस) संक्रमित भारतको महाराष्ट्रबाट लुकिछिपी आएको खुलेको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार उनीहरू मुम्बई, सुरतलगायत ठाउँबाट ‘लकडाउन्’कै समयमा प्रवेश गरेका थिए ।

“उनीहरू कहिले आएका हुन् भन्‍ने यकिन जानकारी भइसकेको छै ।” उनले भने, ‘संक्रमण देखिएकाको विवरण आइपुगेपछि यकिन जानकारी हुन्छ।’

उनका अनुसार ‘लकडाउन्’कै समयमा विभिन्‍न खुला सीमा नाका प्रयोग गरेर लुकेर प्रवेश गरेको देखिन्छ । नरैनापुर गाउँपालिकामा बनाइएका क्‍वारेन्टाइनमा सबै भारतबाट आएका मानिस राखिएको छ ।

त्यहाँ भारतको मुम्बई, सुरतलगायत शहरबाट आएका व्यक्ति छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले संक्रमण देखिएका आठैजना क्‍वारेन्टाइनमै रहेको र थप विवरण लिने काम भइरहेको बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्