नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो : स्वास्थ्य मन्त्रालय



०१ जेष्ठ २०७७, काठमाडौं

नेपालमा थप ३ जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

बिहीबार (आज) साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं, जनकपुर र धादिङका एक/एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । जसमा ३५ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्