कालीमाटी तरकारी बजारमा पनि कोभिड १९ परीक्षण



०१ जेष्ठ २०७७, काठमाडौं

कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार (आज) कोरोना संक्रमण परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा तरकारी बजारभित्र कोरोनाको परीक्षण गरिएको हो ।

बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद विक्री गर्ने, व्यवसायीका सहयोगी, ढुवानीमा सेवामा संलग्न, सरसफाइ मजदुर, सुरक्षाकर्मी तथा कर्मचारीको परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बजारभित्र ४०० र्‍यापिड डाइग्नोस्टिक टेस्ट् प्रविधिबाट परीक्षण गरिएको छ । त्‍यस्तै, दुई सय जनाको पीसीआर प्रविधिबाट कोरोना सं‌क्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको महानगरपालिकाले जनाएको छ ।

|तरकारी बजारमा कोरोना परीक्षण। श्रोतः|

प्रतिक्रिया दिनुहोस्