नेपालमा थप एकजना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या २४६ पुग्यो



०१ जेष्ठ २०७७, काठमाडौं

नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्