अघि प्राविधिक गल्ती भयो, संक्रमितको संख्या २४५ नै हो : स्वास्थ्य मन्त्रालय



०१ वैशाख २०७७, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ (कोरोना भाइरस)संक्रमितको संख्या २४५ नै भएको जनाएको छ ।

यसअघि बिहीबार (आज) नै बिहान विज्ञप्ति जारी गरी संक्रमितको संख्या २५० पुगेको भन्ने जानकारीमा प्राविधिक गल्ती भएको मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी भनेको छ ।

संक्रमितको कायम संख्या २४५ नै भएको बताउँदै मन्त्रालयले गल्ती सच्याएको छ । जसमा ३५ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

अघिल्लो समाचारः
नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो : स्वास्थ्य मन्त्रालय

प्रतिक्रिया दिनुहोस्