
०१ जेष्ठ २०७७, काठमाडौं
जारी बन्दाबन्दी (लकडाउन्)मा थप कडाइ हुने भएको छ ।
बन्दाबन्दीलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । यसअघि जारी गरेका सबै पासहरुलाई गृहमन्त्रालयले आजदेखि लागु हुनेगरी रद्ध गरिसकेको छ ।
“अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिइएका पासहरु आजदेखि खारेज भएका छन् । गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले भने, ‘नयाँ तरिकाले पास लिनुपर्नेछ । गृहको निर्णयबिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइन्न ।’
उनका अनुसार अब बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान पाइने छैन । एउटा जिल्लाबाट अर्को जिल्लामा जानबाट रोक्नैका लागि झन्झटिलो प्रक्रिया बनाइएको गृहको भनाइ छ ।
काठमाडौं उपत्यकाभित्र भने अन्तरजिल्ला लागू नहुने गृहले जनाएको छ । उपत्यकाका तीन जिल्लामा पुरानै पासले काम गर्ने गृह सहप्रवक्ता अधिकारीले बताए ।
|फाइल तस्वीर|





