नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो : स्वास्थ्य मन्त्रालय



०१ जेष्ठ २०७७ काठमाडौं

नेपालमा थप ५ जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

बिहीबार (आज) स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ५ वटा केश पोजेटिभ देखिएको हो ।

आज संक्रमण देखिएकाहरु सर्लाही, जनकपुर तथा महोत्तरीका रहेका मन्त्रालयले जनाएको छ । यसभन्दा अगाडि आजै नै कपिलवस्तु र काठमाडौंकै एक/एकमा पनि संक्रमण देखिएको थियो ।

योसँगै कोरोना संक्रमितको संख्या २५० पुगेको छ । जसमा ३५ जनाले पूर्ण रुपमा स्वास्थ्य लाभ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्