चीनले हस्तान्तरण गर्‍यो नेपाली सेनालाई स्वास्थ्य सामग्री



३१ वैशाख २०७७, काठमाडौं

मित्रराष्ट्र चीनले कोभिड १९ (कोरोना भाइरस)सम्बन्धीको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

चीनबाट बुधबार (आज) आइपुगेको सामग्री जंगी अड्डामा चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा प्रधानसेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।

कोरोनाको प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने पीपीई, एन९५ मास्क, लगायत अन्य विभिन्न मेडिकल सामाग्रीहरु चीनको पिपुल लिवरेसन आर्मी एयरफेर्सको जहाजमार्फत् नेपाल ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्