
३१ वैशाख २०७७, काठमाडौं
नारायणी अस्पतालबाट भागेका एक कोरोना संक्रमित फिल्म हलमा भेटिएका छन् ।
बुधबार (आज) दिउँसो अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुईजनामध्ये एकजना भने हलमा भेनिटएका पर्सा प्रहरीले जनाएको छ । अस्पतालबाट भागेपछि उनी बन्द रहेको फिल्म हलमा गएर लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
⇒ नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे
अर्का व्यक्तिको पनि खोजी भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर साहले जानकारी दिए । अस्पतालको सर्जिकल वार्डमा आइसोलेसन बेड तयार गरी राखिएका ती दुई संक्रमित शौचालयको झ्यालबाट भागेका थिए ।
उनीहरुलाई मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएको थियो । हिजो पर्सामा ५७ जना संक्रमित भेटिएका थिए । त्यसमध्येकै दुईजना आज भागेका थिए ।
|फाइल तस्वीर|





