गुल्मी सील



३१ वैशाख २०७७, काठमाडौं

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सबै नाका सील गर्ने भएको छ ।

कोभिड १९ (कोरोना भाइरस) संकट व्यास्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बुधबार (आज) बसेको बैठकले १ जेष्ठ (भोलि)देखि पाँच दिनसम्म सील गर्ने निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२)० तथा नेपाल सरकार मन्त्रिपरिषद्को गत २४ वैशाखमा बसेको बैठकको निर्णय नं. ६ बमोजिम नाका बन्द गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रदेश नं. ५ का छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दैनिक बढ्दै गएकाले अहिलेलाई पाँच दिन मानिसहरुको आवतजावज पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार एम्बुलेन्स, शव बहान, मृत्यु संस्कार, विद्युत्, सञ्चार, खानेपानी, औषधि र इन्धन बाहेक अन्य सबै खाले सवारी साधनहरुको आवागमन बन्द गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्