नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे



३१ वैशाख २०७७, काठमाडौं

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

उनीहरुको खोजी कार्य भइरहेको अस्पतालले जनाएको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्