थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ : स्वास्थ्य मन्त्रालय



३१ वैशाख २०७७, काठमाडौं

नेपालमा थप दुईजनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र धुलिखेलका एक एकजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित कोरोना ब्रिफिङ्गमार्फत् जानकारी दिए ।

योसँगै नेपालमा संक्रतिको संख्या २१९ पुगेको छ । जसमा ३५ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता डा. देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्