
३१ वैशाख २०७७, काठमाडौं
बजरजस्ती करणीको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् ।
झापाकी एक २८ वर्षीया महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा त्यहाँ कार्यरत डा. पक्राउ परेका हुन् । ती महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीको आधारमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट ३५ वर्षीय डा. राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
झापा घर भई जनकपुर बस्दै आएकी महिलाले आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि डा. मण्डललाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
|फाइल तस्वीर|





