गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं छिर्न मनाही



३१ वैशाख २०७७, काठमाडौं

गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छिर्न नपाइने भएको छ ।

सरकारले १ जेष्ठ (भोलि)देखि देशभरको आवतजावत थप कडाइ गर्ने भएको छ । बाहिर जिल्लाबाट काठमाडौं आउन अब जिल्ला प्रशासनको अनुमतिबिना नपाइने भएको हो ।

यसका निम्ति गृह मन्त्रालयबाटै छुट्टै पास लिनुपर्नेछ । गृह मन्त्रालयको स्वीकृति बेगर कुनै पनि सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने छैनन् । पासको निवेदन दिँदा आउजाउ गर्नुको प्रयोजन र कारण पनि स्पष्ट खुलाउनुपर्ने छ ।

गत तीन दिनमा लगातार कोरोना संक्रमित बढ्दै गएपछि गृह मन्त्रालयले थप कडाइ गरेको हो गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि यसअघि दिइएका सवारी पास खारेज गरिएको छ ।

त्यस्तै एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएका सबै किसिमका पास खारेज भएका छन् । योसँगै अब एक जिल्लाबाट अर्को जिल्ला जान जिल्ला प्रशासन कार्यालयबाट बेग्लै पास लिनुपर्नेछ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा भने यो लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्