भक्तपुरमा स्टाफ नर्सलाई कोरोना संक्रण भएको भन्ने समाचार भ्रमित हो : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र



३१ वैशाख २०७७, काठमाडौं

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत एक स्टाफ नर्सलाई कोभिड १९ (कोरोना भाइरस) संक्रमण भएको भनी प्रकाशन/प्रसारण भएको समाचारमा कुनै सत्यता नभएको प्रत्यारोपण केन्द्रले नै जनाएको छ ।

बुधबार (आज) ध्यानाकर्षण पत्र निकाल्दै केन्द्रले उक्त समाचार भ्रमित भएको जानकारी दिएको हो ।

यस्तै अस्पतालले केन्द्रमा कार्यरत कुनै पनि कर्मचारीलाई कोभिड १९ संक्रमण नदेखिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्