‘कोभिड १९’को उच्च जोखिममा उपत्यका : २४ घन्टामा ७,००० जना भित्रिए



३१ वैशाख २०७७, काठमाडौं

गत २४ घण्टामा काठमाडौं उपत्यका भित्रिनेको संख्या सात हजार छ ।

गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजार जना उपत्यका भित्रिएका छन् ।

सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भए पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ ।

नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ । विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन् ।

नागढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ । प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा निजी गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन् ।

आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्