
३१ वैशाख २०७७, काठमाडौं
भक्तपुरमा एक स्टाफ नर्सलाई कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।
संक्रमित दुई जनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्सलाई संक्रमण भएको खुलेको हो । मंगलबार (हिजो) कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला भक्तपुरस्थित आरोग्य अस्पतालमा कार्यरत स्टाफ नर्स भएको खुलेको हो ।
सुनसरीको रामधुनी नगरपालिका झुम्काकी उनको सल्लाघारीमा कोठा थियो । तर उनी थिमीस्थित स्टाफ नर्स साथीको डेरामा सँगै बस्दै आएकी थिइन् । गत २५ वैशाखमा उनी मोटरसाइकलबाट भक्तपुर आएकी बताइएको छ ।
उनलाई हिजै राति टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । उनकी रुम पार्टनर भक्तपुरकै मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत एकजना स्टाफ नर्स नै रहेको खुलेको छ ।
|फाइल तस्वीर|





