नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो : स्वास्थ्य मन्त्रालय



३० वैशाख २०७७, काठमाडौं

नेपालमा थप २६ जना कोभिड १९ (कोरोना भाइरस) संक्रमित थपिएका छन् ।

मंगलबार (आज) नै यसअिघ ५७ जनामा पनि कोरोना ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

जसमा पछिल्लो पटक संक्रमण देखिएकाहरुमध्ये काठमाडौं उपत्यकाका ३ जना पनि रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१७ पुगेको छ । जसमा ३१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्