एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने, पास रद्द



३० वैशाख २०७७, काठमाडौं

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ ।

विभिन्न जिल्लामा कोभिड १९ (कोरोना भाइरस) को संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन ।

|लकडाउनमा काठमाडौंमा सवारी। श्रोतः|

प्रतिक्रिया दिनुहोस्