नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण देखियो



३० वैशाख २०७७, काठमाडौं

नेपालमा पहिलो पटक नर्समा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ ।

कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण भेटिएको प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए ।

मंगलबार (आज) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका ८ जनामा संक्रमण पुष्टि भएको थियो । आज नै पर्सामा कोरोना पुष्टि भएका ३९ जनामध्ये केही पत्रकारसमेत रहेको बताइएको छ ।

नेपालमा हालसम्म १९१ जनामा कोरोना संक्रमण भेटिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्