वीरगञ्ज : दुई पत्रकारलाई पनि कोरोना संक्रमण



३० वैशाख २०७७, काठमाडौं

पर्सामा दुई पत्रकारमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ ।

संक्रमित दुवै पत्रकार मंगलबार (आज) भेटिएका ३९ जना संक्रमितमध्येकै रहेको बताइएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. मदन उपाध्यायले संक्रमितमध्ये दुई जना पत्रकार भएको पुष्टि गरे ।

गत ३१ चैतमा वीरगञ्जमा पहिलो पटक तीन जना जमातीमा संक्रमण देखिएको थियो । छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज भने ३९ जनामा एकसाथ संक्रमण पुष्टि भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्