
३० वैशाख २०७७, काठमाडौं
प्रदेश नं. २ मा एकैदिन ४० जना कोभिड १९ (कोरोना भाइरस)संक्रमित फेला परे ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । मंगलबार (आज) पर्सा जिल्लाको वीरगञ्जमा ३९ र बारामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि वीरगञ्ज महानगरपालिका ३ चपकैयाका एकै परिवारका १७ जना कोरोना पोजेटिभ भेटिएपछि बस्ती सील गरी कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको थियो ।
उक्त बस्तीमा गरिएको स्वाब परीक्षणको परिणाम आउँदा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।





