नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो



३० वैशाख २०७७, काठमाडौं

थप ५७ जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्