थप १३ जनामा संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो



२९ वैशाख २०७७, काठमाडौं

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरू कपिलवस्तुको यशोधरा ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन् ।

त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर ५ की ११ वर्षीय बालिका रहेकी छिन् ।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ । जसमध्ये ३१ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्