
२९ वैशाख २०७७, काठमाडौं
चीनले ४० हजार थान पीसीआर किट उपलब्ध गराएको छ ।
कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
चीनले ४० हजार थान पीसीआर टेस्ट् किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग सोमबार (आज) नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा हस्तान्तरण गरेका हुन् ।
|तस्वीरले सामग्री हस्तान्तरण। श्रोतः|





