सप्तरीका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो



२९ वैशाख २०७७, काठमाडौं

सप्तरीमा पनि आज (सोमबार) एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कूल संक्रमितमध्ये ३१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्