
२७ वैशाख २०७७, काठमाडौं
हालसम्म नेपालमा ३१ जना कोभिड १९ (कोरोना भाइरस) संक्रमितहरुले स्वास्थ्य लाभ लिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा भेटिएका १०९ जना संक्रमितहरुको मध्ये ३१ जनाले स्वास्थ्य लाभ लिएका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपालमा ७८ जना पुरुष र ३१ जना महिलामा कोरोना भाइरस देखिएको पनि नियमित कोरोना ब्रिफिङ्गमार्फत् प्रवक्ता देवकोटाले बताए ।
जसमा विभिन्न अस्पतालबाट ३१ जना डिस्चार्ज भएको हुन् ।
|तस्वीर सौजन्यः नेपाल टेलिभिजन|





