कोभिड १९ : वुहान प्रयोगशालाको परीक्षणको तथ्यांक ह्याक



२७ वैशाख २०७७, काठमाडौं

चीनको वुहानस्थित प्रयोगशालाको कोभिड १९ (कोरोना भाइरस) को परीक्षणको तथ्यांक ह्याक भएको छ ।

ह्याक भएको तथ्यांकबाट कोरोना भाइरस संक्रमणमा परेका धेरैको तथ्यांक लुकाइएको देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको तथ्यांक गत २३ अप्रिलमा ह्याक भएको समाचार अष्ट्रेलियाको अखबार ‘दी अष्ट्रेलियन’ले प्रकाशित गरेको थियो ।

फेब्रुअरी २ देखि १८ सम्मको रेकर्ड नै प्रयोगशालाले नराखेको ह्याक भएको तथ्यांकको विश्लेषणमा पाइएको छ । इन्टरनेट सेक्युरिटी फर्म ‘इन्टरनेट २.०’का संस्थापक रोबर्ट पोटरका अनुसार वुहान प्रयोगशाला, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ, गेट्स फाउन्डेसनलगायत निकायसँग सम्बन्धित करिब २५ हजार इमेल एड्रेस र पासवर्ड फेला परेको थियो।

सोही माध्यमबाट वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको तथ्यांक प्राप्त भएको हो ।

|स्वीरमा कोभिड १९ वुहान ल्याब। श्रोतः|

प्रतिक्रिया दिनुहोस्