
२६ वैशाख २०७७, काठमाडौं
नेपालगञ्जमा थप एक जनामा भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारी अनुसार आज थप एक जनामा संक्रमण देखिएको हो ।
आज थपिएका संक्रमित १६ वर्षिय पुरुष हुन् । कूल १०२ जना संक्रमित मध्ये हालसम्म ३० जना निको भएका छन् । आज विराटनगरका ८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
|तस्वीरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|





