विराटनगरबाट ८ कोरोना संक्रमित डिस्चार्ज



२६ वैशाख २०७७, काठमाडौं

विराटनगरबाट थप ८ जना कोभिड १९ (कोरोना भाइरस) मुक्त भएर डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई शुक्रबार (आज) बिहान डिस्चार्ज गरिएको हो । ८ जनामध्ये ७ जना उदयपुरका र १ जना भारतीय भएको बताइएको छ ।

कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ ।

यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । योसँगै डिस्चार्ज हुनेको संख्या २८ पुगेको छ ।

|तस्वीरमा डिस्चार्ज। श्रोतः|

प्रतिक्रिया दिनुहोस्