बजेट अधिवेशन आजबाट



२६ वैशाख २०७७, काठमाडौं

शुक्रबार (आज)बाट संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन)शुरु हुँदैछ ।

बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिध सभा र प्रदेश सभाको बैठकका लागि सामाजिक दूरी कायम गरी आसनको व्यवस्था गरिएको छ ।

कोभिड १९ (कोरोना भाइरस)को जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको छ । हिजो नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । तर, परीक्षणको रिपोर्ट भने आउन बाँकी छ । कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ ।

पत्रकारलाई कलम र डायरी लिनसमेत बन्देज गरिएको संसद सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्