सुनचाँदी व्यवसायी महासंघद्वारा कोरोना कोषलाई १५ लाख सहयोग



२६ वैशाख २०७७, काठमाडौं

नेपाल सुनचाँदी व्यवसायी महासंघले कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ ।

महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

योसँगै महासंघले आफ्ना जिल्लानगर संघबाट राहत तथा उद्धार कार्यमा खर्च गर्ने गरी २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्