
२४ वैशाख २०७७, काठमाडौं
झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको रु. एक लाखको कोरोना बीमा गरिएको छ ।
मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले २३ वैशाखबाट एक वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको पीसीआर परीक्षणमा पोजेटिभ देखिए बीमावापत् प्रतिव्यक्ति रु. एक लाख भुक्तानी दिइने बताए ।
सम्पादक गोपाल काफ्लेले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाबाट १० पत्रकार तथा कर्मचारीको बीमा गरिएको जानकारी दिए ।





