६ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २२ पुग्यो



२४ वैशाख २०७७, काठमाडौं

कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन् ।

लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज (बुधबार) बिहान डिस्चार्ज गरिएको हो । यो सँगै नेपालमा निको हुनेको संख्या २२ पुगेको छ ।

यद्यपी, निको भएकाहरुमा पनि पुनःआशंकित लक्षण भने देखा परिरहेको बताइएको छ । डिस्चार्ज भएका सबै भारतीय नागरिक हुन् । उनीहरु २१ देखि २४ बर्ष उमेर समूहका हुन् ।

वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगर उपचारका लागि ल्याइएको थियो ।

तिमध्ये ६ जना निको भएका हुन् । डिस्चार्ज हुने सबैलाई एक प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

कोशी अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार अस्पतालमा उपचारार्थ भर्ना भएका बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश एकमा हालसम्म उदयपुरबाट २१ जना, झापाका दुई र भोजपुरबाट १ गरी कुल २५ जना कोरोना संक्रमितको उपचार भइरहको छ

|तस्वीरमा डिस्चार्ज भएका नागरिक। श्रोतः|

प्रतिक्रिया दिनुहोस्