अल्कोहलले कोरोना मर्दैन, सेवन नगर्नुस् : स्वास्थ्य मन्त्रालय



२३ वैशाख २०७७, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहल सेवन नगर्न सबैमा आग्रह गरेको छ ।

मंगलबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्ता प्रकृतिका समाचारहरु धेरै आइरहेकोले आफैँ सचेत बन्नुपर्ने र अल्कोहलले कोभिड १९ (कोरोना भाइरस) नमर्ने स्मरण गराउँदै महामारीका बेला सेवन नगर्नु आग्रह गरेका हुन् ।

“अल्कोहल सेवनले शरीरलाई हानी गर्छ । यसले भाइरस मर्दैन ।” उनले भने, ‘बरु अल्कोहल सेवन गर्नुको साटो विभिन्न सिर्जनात्मक क्रियाकलापहरु गर्नुस् ।’

यस्तै उनले अल्कोहलले मानिसको ज्यानसम्म पनि जाने खतरा रहेको बताएका छन् ।

|तस्वीरमा प्रवक्ता। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्