उदयपुरका १३ जनाको दोश्रो पीसीआर ‘नेगेटिभ’



२३ वैशाख २०७७, काठमाडौं

उदयपुरमा शुरुमा कोभिड १९ (कोरोना भाइरस)पुष्टि भएका १३ जनाको दोस्रो पीसीआर रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

त्रियुगा नगरपालिका भुल्केको नुरी मस्जिदका १३ जनामा गत ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचार भइरहेको छ ।

१४ दिनपछि गरिएको परीक्षणमा उनीहरुको दोस्रो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

मस्जिदमा बस्ने १२ भारतीयसहित १६ जमातिमध्येका १३ जनामा एकै पटक संक्रमण देखिएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्