बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ : स्वास्थ्य मन्त्रालय



२३ वैशाख २०७७, काठमाडौं

बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का रहेका मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताए ।

उनका अनुसार संक्रमित हुनेहरुमध्ये चार जना महिला र तीन जना पुरुष रहेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्