मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक हुन्छ, भाइरस मर्दैन : स्वास्थ्य मन्त्रालय



२२ वैशाख २०७७, काठमाडौं

मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

सोमबार (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक हुने बताउँदै यसले भाइरस नमर्ने पनि स्मरण गराए ।

उनका अनुसार शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश हुँदैन । यस्तै उनले भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्‍ने समेत बताए ।

अहिलेसम्म कुनै पनि कोरोना संक्रमितमा गम्भीर प्रकृतिका समस्या नदेखिएको पनि मन्त्रालयले जनाएको छ । ७५ संक्रमितकै स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

|तस्वीरमा प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिजिभन|

प्रतिक्रिया दिनुहोस्