कर्णाली प्रदेश ७ दिन सील हुने



२२ वैशाख २०७७, काठमाडौं

कर्णाली प्रदेश ७ दिनका लागि सील हुने भएको छ ।

छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश नं. ५ मा कोभिड १९ (कोरोना भाइरस)संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सील गर्ने निर्णय सोमबार (आज) बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्