एकैदिन १६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७५ पुग्यो



२१ वैशाख २०७७, काठमाडौं

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा .समीरकुमार अधिकारीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार नेपालगञ्ज –८ का १६, २१, ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आज (आइतबार) नै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिए ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो ।

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कारोना संक्रमितको संख्या ७५ पुगेको छ ।

जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्