लकडाउन उल्लघंन गर्ने १२११ जना नियन्त्रणमा



२१ बैशाख २०७७, काठमाडौं

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय १७ महिला सहित १२ सय ११ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ ०५:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ६ सय ८ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ६ सय ४७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी ८ सय ८८, ललितपुरमा ३ सय २५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरेका छन् । साथै महानगरीय प्रहरी कार्यालय तथा स्थानिय निकायको समन्वयमा १४२ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्