थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो : स्वास्थ्य मन्त्रालय



२१ वैशाख २०७७, काठमाडौं

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु ७ वर्षभन्दा माथिका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबर (आज) नियमित कोरोना ब्रिफिङ्गमार्फत् जानकारी दिए ।

पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

|तस्वीरमा प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्