सोलुखुम्बुमा गुम्बामा सामान चोरीको आरोपमा तीन जना पक्राउ



२१ वैशाख २०७७, काठमाडौं

गुम्बाको सामान चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

शनिबार (हिजो) बिहान पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङबोचे बस्ने राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका २ पेल्माङ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका ४ फोर्चे बस्ने मदन राई रहेका बताइएको छ ।

गत भदौमा सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकास्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो नि माला, नर्थ फेस टेन्ट १ थान, कम्लब ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

|श्रोतः सोलुखुम्बुसमाचार|

प्रतिक्रिया दिनुहोस्